जनताको सरकार कि डोजरे सरकार ? भन्दै माइतीघरमा सरकारविरुद्ध प्रदर्शन


काठमाडौँ । आज गणतन्त्र दिवसको अवसर पारेर सुकुमबासीहरूले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आफूहरूलाई जबरजस्ती उठीबास लगाएको भन्दै उनीहरूले भूमिको अधिकार सुरक्षित गर्न माग समेत गरे ।

उनीहरुले ‘गणतन्त्र जिन्दावाद, गनतन्त्र मुर्दावाद, सिंहदरबार रमायो-सुकुमबासी रुवायो, नेताको महल ठिक-गरिबको टहरा बेठिक, होइ सरकार होइ-मेरो भोट खोइ, जनताको सरकार कि डोजरे सरकार ? जस्ता नारा लेखिएको प्लेकार्ड बाेक्दै नाराजूलुस गरेका थिए ।

उनीहरूको मार्च माइतीघरबाट सुरु भई बिजुलीबजार हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियाे ।