घरघरमा राहादानी पुर्‍याउने कार्यको थालनी


नारायणगढ (चितवन), १५ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चहानुहुने सेवाग्राहीले ५५ को हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पु¥याउन सुरु गरेको छ ।

हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पु¥याउने थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले राससलाई जानकारी दिए ।

पहिले चिठीपत्र पु¥याउने कार्यमा सीमित हुलाक सेवा अहिले पार्सल, इसएमएसल तथा राहादनीलगायत सेवा घरघरमा पु¥याउनमा लागिपरेको छ । सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना लागू गर्ने कार्यअन्तर्गत घरघरमा सेवा पुर्‍याउन थालिएको हो ।

हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवाको पहुँच रहेको जिल्ला हुलाक कार्यालयले बताएको छ ।

भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् ।

जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत छन् ।