याे सरकार गरिब, सुकुम्वासी तथा निमुखा वर्गको विरुद्धमा छ : पाण्डे


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सुकुम्वासी, गरिब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा उनले वर्तमान सरकार गरिब, सुकुम्वासी तथा निमुखा वर्गको विरुद्धमा भएको आरोप लगाएका हुन् ।

उनले २०८२ साल भदौ २३–२४ गते भएको जेन–जी आन्दोलन योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गर्दै कम्युनिष्ट शक्तिहरूलाई पुनः सङ्घर्षका लागि तयार हुन आह्वान गरे । उनले सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालय तथा विभिन्न राजनीतिक नेताहरूका घरहरूमा आगजनी गरेर विनाकारण निर्वाचित संसद्लाई विघटन गरिएको आरोप लगाए ।