आकर्षक जागिरकाे प्रलोभन देखाएर भारतमा लगेका ४५३ जना नेपालीको उद्धार


बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर नेपाल ल्याइएको छ ।

भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार गरेर ल्याएको हो ।

आठ वटा बसमार्फत उनीहरूलाई शनिबार बिहान बेलहिया नाका हुँदै रुपन्देही पुर्‍याइएको छ ।

उनीहरूको अहिले व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिए ।

आकर्षक जागिर र राम्रो कमाइ हुने प्रलोभन देखाएर एक गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्‍याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन सुरु गरेको थियो ।