सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै सम्पर्कविहीन भएकी शोभा पाठक बालाजुमा भेटिइन्, अस्पतालमा चेकजाँच हुँदै


काठमाडौं, जेठ १७ । शनिबार राति सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै टिकटकमा भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले बालाजुबाट उद्धार गरेर परामर्शका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पाठकलाई काठमाडौं महानगरपालिकाको वनस्थली क्षेत्रबाट सकुशल उद्धार गरिएको हो। भट्टराईका अनुसार उद्धारपछि उनलाई आवश्यक परामर्श तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पतालमा लगिएको छ।

उनले किन ‘अन्तिम भिडियो’ भन्दै सन्देश सार्वजनिक गरेकी थिइन् भन्ने विषयमा अनुसन्धान हुन बाँकी रहेको प्रवक्ता भट्टराईले बताए। पाठकले नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएकी छन् ।