काठमाडौं । अपराधिक लाभ र ठगीको कसुरमा इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी भएकी चर्चित टिकटक प्रयोगकर्ता तुलसा अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन् । थाइल्यान्डमा पक्राउ परेकी उनलाई नेपाल ल्याएर अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अभियुक्त अधिकारी पछिल्लो समय चीनमा लुकिछिपी बस्दै आएकी थिइन्। चीनबाट उनी थाइल्यान्ड पुगेको विशेष सूचनाका आधारमा इन्टरपोलको समन्वयमा त्यहाँको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध ललितपुर प्रहरीले केही समय अगाडि नै आपराधिक लाभ (एक्सटर्सन) र ठगीको कसुरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइसकेको थियो।
इन्टरपोलमार्फत पक्राउ परेर नेपाल ल्याइएकी अधिकारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सोमबार जिल्ला अदालत ललितपुरमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया