काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिनदेखि अस्वस्थ छन् । उनलाई गाह्रो भएपछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
उनलाई निमोनिया भएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताएका थिए । अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए । उनका अनुसार एकदुई दिनमै प्रचण्ड अस्पतालबाट डिस्चार्ज हुनेछन् ।
सापकोटा आइतबार बिहानै प्रचण्डलाई भेट्न पुगेका अस्पतालमा पुगेका थिए ।



प्रतिक्रिया