प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धि अभिव्यक्ति : माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्षमा प्रतिपक्षी दल


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको अभिव्यक्तिप्रति माफि माग्नुपर्ने प्रतिपक्षी दलहरूले निष्कर्ष निकालेका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।

नेकपाका प्रमुख युवराज दुलालका अनुसार प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निर्णय प्रतिपक्षी दलहरूले गरेको छ ।

बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको छ ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्‌बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने भएको छ ।