प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : भारतले जमिन फिर्ता मागेमा कुन दिने हो ?


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्ति फिर्ता नलिएसम्म संसद वैठक अघि बढ्न नदिने बताएका छन् ।

सोमबार जारी संसद बैठकमा उनले भने, ‘आज सदनमा बोल्दै गर्दा मेरो शिर निहुरिएको छ । हिजो प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले आज मेरो मात्र होइन, आम नेपाली नागरिकको शिर निहुराएको छ । यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ । यो अभिव्यक्ति फिर्ता नलिएसम्म हामी सदन सञ्चालनमा सहयोग गर्न सक्दैनौँ ।’

उनले भारतले भोली नेपालले मिचेको भनेको जमिन फिर्ता मागेमा कुन दिने भन्ने प्रश्न समेत प्रधानमन्त्रीलाई गरेका छन् । ‘प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ कहाँकहाँ नेपालले भारतको जमिन मिच्यो । एक एक इन्चको हिसाब चाहिन्छ । भोलि भारतले आफ्नो भूमि फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा दिने ?’