काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्मा देखिएका समस्या समाधानमा छलफल गर्न आफू तयार भएपनि विपक्षी दलले चासो नदिएको गुनासो गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो आसनबाटै यस्तो गुनासो गरेका हुन्
उनले विपक्षी दलका सदस्यहरूलाई पटक(पटक संवाद गर्न खोजिएपनि समय नदिएको बताए । सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावलीअनुसार नै अघि बढाइएको दाबी गरे ।



प्रतिक्रिया