काठमाडौं, जेठ १९ । पर्वतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति ग.१ ज ५८६५ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटना हुँदा कुस्मा-१४ का वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि पोखरा लगिएको थियो। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा जिप चालक स्थानीय २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्। दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अँधेरीनेटास्थित सडकबाट जिप करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।



प्रतिक्रिया