भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले आज के गर्दैछन् ?


काठमाडौँ । भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन् ।

लामिछानेले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए।

भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने जनाइएको छ ।