कांग्रेसकै सांसदहरुले दर्ता गरे मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। उनकै दल नेपाली कांग्रेसका बहुमत सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशमा नेपाली कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन्। नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको एक कांग्रेस सांसदले जानकारी दिए।

उनका अनुसार ९ सांसदले संसदीय दलमा दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

कांग्रेसकै केही सांसदहरूले मुख्यमन्त्रीको राजीनामा माग्दै आएका थिए।