काठमाडौं । प्रतिनिधिसभा बैठक २५ गते बस्नेगरी स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा गरे ।
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए ।
उनीहरूले जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा ‘नेपालले भारतको सिमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिबारे माफी माग्नुपर्ने अडान लिएका छन् ।



प्रतिक्रिया