२७ औँ पटक भिजिट भिसामा विदेश जाँदै थिए नेपाल एयरलाइन्सका कर्मचारी, ५४ लाख बढी रकमसहित पक्राउ


काठमाडौं, जेठ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका चालक पक्राउ परेका छन् ।

सुनसरीको गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

सोमबार राति साढे ८ बजे बाटिक एयरको फ्लाइटमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा उनी स्वदेशी विदेशी मुद्रासहित पक्राउ परेका हुन् ।

उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलप्रहरीले उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।