विराटनगर— नेपालका लागि ओमोडा एन्ड जाइकुको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले विराटनगरमा प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ओमोडा E5 प्रो’ सार्वजनिक गरेको छ । नेपाली बजारमा १५ सयभन्दा बढी गुडिसकेको ‘ओमोडा E5’ को सफलतापछि कम्पनीले यसको नयाँ र परिमार्जित संस्करण बजारमा ल्याएको हो ।

नयाँ ओमोडा E5 प्रोमा ५०.७ किलोवाट आवरको ब्याट्री प्याक, ९९ किलोवाटको इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको कम्पनीले जनाएको छ । यसले एकपटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । नेपाली सडक अनुकूल बनाउन यसमा १९१ एमएमको ग्राउन्ड क्लियरेन्स र १८ इन्चको अलोय ह्वील दिइएको छ ।
यी हुन् मुख्य विशेषताहरू:
- इन्टेरियर र फिचर्स: गाडीको भित्री भाग (केबिन) लाई थप विलासी बनाइएको छ । जसमा चालकका लागि मसाज सिट, ८ वटा सोनी स्पिकर र १५.६ इन्चको विशाल इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । यसका साथै इलेक्ट्रिक सनरुफले यात्रालाई थप प्रिमियम बनाउनेछ ।
- सुरक्षा प्रणाली: सुरक्षाका लागि यस गाडीमा १९ भन्दा बढी एडास फिचरहरू समावेश छन् । साथै, चालकको सहजताका लागि ५४०-डिग्री सराउन्ड भ्यू-क्यामेरा जडान गरिएको छ ।
मूल्य र विशेष अफर
कम्पनीले यस गाडीको बजार मूल्य दुईवटा भेरियन्टमा तय गरेको छ- सिंगल टोन भेरियन्टको आधिकारिक बजार मूल्य रु. ५१ लाख ५९ हजार र डुअल टोन भेरियन्टको रु. ५१ लाख ९९ हजार मूल्य तय गरेको छ ।
सुरुवाती अफर:
गाडी सार्वजनिक भएको अवसरमा कम्पनीले पहिलो ५० जना ग्राहकका लागि ४९ लाख ९९ हजार रुपैयाँ विशेष प्रवर्द्धनात्मक मूल्य तोकेको छ । यसका साथै ती ग्राहकले एक वर्षको निःशुल्क ‘अटो प्लस इन्स्योरेन्स’समेत पाउनेछन् ।
नयाँ गाडीको बुकिङ तथा थप जानकारीका लागि ग्राहकले विराटनगरस्थित आधिकारिक शोरूममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया