७७४ वटा विद्युतीय गाडी सशस्त्रकाे नियन्त्रणमा


काठमाडौं । कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो ।

गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं.२४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सबै गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्रले जनाएको छ ।

बरामद गाडी नम्बर प्लेट बिनाका रहेको छ।