काठमाडौँ। नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। लगातार दोस्रो दिन घट्दै सुनको भाउ तोलामा २ हजार ७ सय रूपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार तोलामा २ हजार २ सय रूपैयाँ घट्दै सुन प्रतितोला २ लाख ९२ हजार २ सय रूपैयाँमा किनबेच भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा तोलामा १०० रूपैयाँले घट्दै चाँदी प्रतितोला ४ हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ५५ रूपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको मानिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय ६० अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।




प्रतिक्रिया