हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा घाइते


काठमाडौं, जेठ २२ । श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा घाइते भएका छन्। हिजो (बिहीबार) साम्पाङ दुर्घटनामा घाइते भएको पार्टीका नेता सुदन किरातीले जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेख्दै उक्त घटनाले आफूलाई चिन्तित तुल्याएको बताएका छन्।

साथै किरातीले साम्पाङलाई सामान्य चोटपटक भएकाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी आफ्नो दैनिकीमा सदाझै सकृय हुने जानकारी दिएका छन्।

किरातीले लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझै सकृय हुनुहुन्छ,’ उनले भनेका छन्, ‘आम पार्टी पंक्ति अर्थात श्रमदाता शुभेच्छुक तथा साथीहरूलाई धेरै चिन्ता नगर्न अनुरोध गर्दछु। अध्यक्षज्यूको पूर्ण सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’