प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की


काठमाडौँ, २२ जेठ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छिन् ।

निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

“निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरुलाई काम गर्न दिनुपर्छ,” पूर्वप्रधानमन्त्री कार्कीले भनिन् ।

उनले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मीलगायतका भूमिका महत्वपूर्ण रहेको चर्चा गरिन् ।

पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम अवस्थाम सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटनाबिना निर्वाचन सम्पन्न भएको बताए।

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको विद्रोहको भावनाअनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकका स्थायित्व कायम हुनुपर्नेमा जोड दिए ।

Skip This

Omoda E5 Pro