शनिबार काठमाडौं र ललितपुरका यी स्थानमा चार घण्टा बिजुली नआउने


काठमाडौं । भोली जेठ २३ गते शनिबारको दिन काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ के।भी। प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजनाबाट १३२ के।भी। स्युचाटार सवस्टेसनमा रहेको बसलाई सटडाउनमा राखी उक्त सबस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नति समेतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको सूचनामा भनिएको छ ।

Skip This

Omoda E5 Pro