काठमाडौं । जेनजी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध नेकपा एमाले सर्वोच्च अदालतमा जाने भएको छ । महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै आवश्यकता अनुसार सबै उपलब्ध कानुनी उपचारका विकल्प प्रयोग गर्ने जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गर्ने र आवश्यक परे उपलब्ध कानुनी उपचारका सबै विकल्पहरू प्रयोग गर्ने ।’
प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको एमालेको निष्कर्ष छ। प्रतिवेदन हेर्दा नियोजित ढङ्गबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक रूपमा निषेध गर्नेगरी दोषारोपण गर्ने उद्देश्यबाट प्रेरित भएको ठहर गरेको छ।
त्यस्तै, आवश्यक परे मर्का परेको पक्षको तर्फबाट आयोगसमक्ष आपत्ति वा पुनरावलोकनको माग गर्ने तथा संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गर्ने र आवश्यक परे उपलब्ध कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने एमालेले जनाएको छ ।



प्रतिक्रिया