अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु


सिड्नी (अष्ट्रेलिया), २३ जेठ । पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार शार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार एक जना ३५ वर्षीय व्यक्ति पर्थको ३९० किलोमिटर दक्षिणपूर्व अल्बानी शहर नजिकै परिवारसँग डुङ्गामा गुमिरहेको अवस्थामा सार्कले आक्रमण गरेको थियो ।

आक्रमण पछि पिडितलाई तत्काल डुङ्गाबाट निकालेर उद्धार प्रयास गरिएता पनि पुनर्जीवित गर्न नसकिएको जनाउदै प्रहरीले आक्रमणको पुष्टि गरेको छ ।

क्षेत्रीय विकास विभागले मानिसहरूलाई यस क्षेत्रमा थप सावधानी अपनाउन सुझाव दिदै कुनै पनि शार्क देखा परेमा अधिकारीहरूलाई रिपोर्ट गर्न आग्रह गरेको छ ।

Skip This

Omoda E5 Pro