रास्वपा कार्यकर्ताबीच कुटाकुट, अधिवेशन स्थगित


काठमाडौं, जेठ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनका क्रममा कार्यकर्ताहरूबीच कुटाकुट भएपछि मनोनयन दर्ताको कार्यक्रम स्थगित भएको छ। वीरगन्ज महानगरपालिका–९ स्थित होटल गेटवेमा शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला कार्यकर्ताहरूबीच झडप भएपछि जारी कार्यक्रम स्थगित गरिएको हो।

अधिवेशन रोक्न माग गर्दै असन्तुष्ट बनेको एक समूहले निर्वाचन कार्यक्रम भइरहेको होटलभित्र प्रवेश गरेर अवरोध सिर्जना गर्न खोजेपछि दुई पक्षबीच विवाद र कुटाकुट सुरु भएको थियो।

होटलभित्रबाट सुरु भएको झडप सडकसम्म पुगेको थियो। कार्यकर्ताहरूले एक-अर्कामाथि हेल्मेट प्रहार गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोलीले सामान्य लाठीचार्ज गरी अवस्था नियन्त्रणमा लिएको थियो।

रास्वपा पर्साका जिल्ला सभापति एवं क्षेत्र नम्बर-१ का सांसद हरि पन्तका अनुसार मनोनयन दर्ता भइरहेका बेला एउटा समूहले होहल्ला गर्दै निर्वाचन टोलीका सदस्यहरूमाथि हातपात गरेको थियो। हातपात भएपछिमनोनयन दर्ताको कार्यक्रम आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।

Skip This

Omoda E5 Pro