आज पनि घट्यो सुनचाँदीको मूल्य


काठमाडौं, जेठ २४ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु एक हजार र चाँदी रु ३३५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख आठ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८९५ निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन रु तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २३० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Skip This

Omoda E5 Pro