रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा निर्वाचित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गरी सभापति निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत पाएका छन्।

शाक्य यसअघि रास्वपा काठमाडौं महानगर-८ का वडा सभापति थिए।

उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित भएका छन्।

Skip This

Omoda E5 Pro