रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार मन्थलीमा सम्पन्न भएको पहिलो जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
समितिको उपसभापतिमा मोहन कार्की, सचिवमा दिल बहादुर थापा (दिनेश), सहसचिवमा टेक बहादुर सुनुवार र कोषाध्यक्षमा समिक्षा श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरू सबै सर्वसम्मत रूपमा निर्वाचित भएको रास्वपा रामेछापले जनाएको छ । समितिको सदस्यमा क्रमशः अर्जुन श्रेष्ठ, लक्ष्मण बस्नेत, कमल कार्की, इश्वरी लामिछाने, केशव रोक्का र चन्द्रा खड्का निर्वाचित भएका छन् ।



प्रतिक्रिया