१९ लाख नगदसहित हुण्डी कारोबारी गुरुङ पक्राउ


काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित धुन्चेबजारबाट हुण्डी रकमसहित एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोसाईंकुण्ड–३ घर भएका ३५ वर्षीय मिङमार छिरिङ गुरुङ छन्।

जेठ २३ मा स्याफ्रुवेशीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार आरोपीको साथबाट १९ लाख ५२ हजार नगद बरामद गरिएको जिप्रका रसुवाका इन्स्पेक्टर राजु शाहले बताए।

प्रहरीले उनीविरूद्ध हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

Skip This

Omoda E5 Pro