सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सङ्खुवासभा जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्।
प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक सभापतिसमेत हुन्।
नयाँ कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ र सहसचिवमा सन्तोश बस्नेत सर्वसम्मत रूपमा चयन भएका छन्। सदस्यमा हेमकुमार राई, गोबर्द्धन राई, जयराम अधिकारी, केसाङ लामा र बुद्धिमान गुरुङ चयन भएका छन्।



प्रतिक्रिया