‘गोरखकाली रबर उद्योग चलाएरै छाड्छौँ’– महामन्त्री बुर्लाकोटी


गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले मुलुकको विकास, समृद्धि र सुशासनका लागि सरकार निरन्तर लागिपर्ने बताएका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री बुर्लाकोटीले विकास निर्माणका साझा मुद्दाहरूमा सबै राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्न पार्टी तयार रहेको स्पष्ट पारे ।

आम जनताले रास्वपालाई दिएको मत संसद् वा सडकमा अन्य दलहरूसँग असमझदारी बढाउनका लागि नभएको उनले उल्लेख गरे ।
यसैबीच, बुर्लाकोटील्े गोरखाको बन्द गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गरिरहेको जानकारी दिए । यस विषयमा आफूले अर्थ मन्त्रालयसँग पटक–पटक सकारात्मक छलफल अगाडि बढाएको खुलाउँदै उनले थपे, “गोरखकाली रबर उद्योगमा निजी क्षेत्रले लगानी गरेर अघि बढ्न सक्ने सम्भावना प्रवल छ । सरकारले चलाए पनि, वा सार्वजनिक–निजी साझेदारी मोडेलमा चलाए पनि यो उद्योग जुनसुकै हालतमा चल्नुपर्छ । नेपाली गुड्ने सबै गाडीमा गोरखकाली रबर उद्योगकै टायर हालेर गुडेको देख्न पाउने हाम्रो सपना छ ।”

यसैगरी राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई गति दिन आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको उनले बताए ।

Skip This

Omoda E5 Pro