स्पा सेन्टरमा नाबालिकालाई अनैतिक कार्यमा लगाउने एक महिला पक्राउ


ललितपुर । सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सानेपाको अरुणथापा चोकमा रहेको,‘शुकल्प स्पा एण्ड थेरापी’ की सञ्चालिका सुमन थापा मगर भनिने सुमन कुमाल मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेकी हुन् ।

कुमालले आफ्नो स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाईफकाई र विभिन्न प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाएको प्रहरीले जनाएको छ।

प्रहरीले स्पाबाट ती बालिकालाई तत्काल उद्धार गरेको छ भने सञ्चालिका सुमन कुमाललाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकी कुमालमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरिएको छ ।

Skip This

Omoda E5 Pro