काठमाडौं, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे सर्वदलीय बैठक बस्न लागेको हो ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको सर्वदलीय बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता र अन्य महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच संवाद हुने बताइएको छ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्षरसभापतिसहित दुईरदुई जनालाई आमन्त्रण गरिएको छ । सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको छ ।



प्रतिक्रिया