काठमाडौं, जेठ २५ । तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् । स्रोतका अनुसार खनाल चार दिने भ्रमणका लागि जेठ ३१ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम रहेको छ भने नेपाली डायस्पोरासँग अन्तर्क्रिया पनि गर्नेछन् । मन्त्री खनालको भ्रमणको मिति र एजेण्डा भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन ।



प्रतिक्रिया