रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने


काठमाडौं, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा नजाने भएका छन् । लामिछानेले अहिले बिहान ९ बजेका लागि समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम सहभागी हुने भएका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्न लागेको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ। बैठकमा सहभागी हुन प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरिएको छ।

Skip This

Omoda E5 Pro