काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो ।
सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी छ ।
हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने बैठक उक्त नै बहिष्कार गरेको छ । श्रम संस्कृतिबाट कोही पनि प्रतिनिधि उपस्थित नभएको बैठकमा सहभागि एक् नेताले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रमुख सचेतक ऐनबहादुर महर सहभागि भएका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा सहभागि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि बैठकमा सहभागी भएका छन् ।



प्रतिक्रिया