काठमाडौं, जेठ २५। श्रम संस्कृति पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ ।
संसदमा जारी गतिरोध अन्त्यका साथै देश बनाउने अभियानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको साझा धारणा बनाउन सभापति लामिछानेले बोलाएको बैठकलाई संसदमा निरन्तर विरोध गर्दै आएको श्रम संस्कृती पार्टीले बहिस्कार गरेको हो । सिंहदरबारस्थित लेखा समितिको हलमा जारी बैठकमा हर्क साम्पाङ्ग नेतृत्वको श्रम संस्कृतिले सहभागिता नै जनाएको छैन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्षरसभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको बैठकमा कांग्रेस, एमाले र नेकपाका अध्यक्ष समेत सहभागी भएका छैनन् ।
बैठकमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक प्रचण्डपनि सहभागी भएका छैनन्। कांग्रेसले संसदीय दलका नेता भिष्म आङ्देम्बे र सांसद फिरदोश आलमलाई पठाएको छ भने एमालेले प्रमुख सचेतक ऐन महर, नेकपाले भने सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, नेता वर्षमान पुनलाई पठाएको छ ।
त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै सहभागी भएका छन् भने जसपाबाट राष्ट्रिय सभा सदस्य मोहम्मद खालिद र नेता सुरेन्द्र झा सहभागी छन् ।



प्रतिक्रिया