राप्रपाको पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक सर्याे


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक केही दिन पछिलाई सरको छ ।

यसअघि २८–२९ जेठमा बस्ने भनिएको बैठक ५–६ असारमा बस्ने भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

काठमाडौंमा बस्ने बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालयसम्बन्धी प्रतिवेदनहरु पेश हुने बताइएको छ ।

संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मितिको बारेमा पनि बैठकमा छलफल हुने राप्रपाले जनाएको छ ।

Skip This

Omoda E5 Pro