काठमाडौं, जेठ २५ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९०० रुपैयाँले घटेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेको छ ।
सोमबार सुन तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया