काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नेतृत्व गरिरहेको दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा उनले सो सुझाव दिएको हो ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले भने ‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’
प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका बेला ‘हामीले विगतको भारी बोक्दैनौं भनेर’ दिएको अभिव्यक्ति अपरिपक्व भएको उनको ठहर छ ।



प्रतिक्रिया