रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न, कुनकुन जिल्लामा बाँकी छ ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको निर्वाचनको चरणमा रहेका जिल्लाको संख्या १२ वटा छ भने एउटा जिल्लाको अधिवेशन स्थगीत भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै पाँच जिल्ला डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङमा भने अधिवेशन नभएको झाल बताए ।

रास्वपाको जिल्ला अधिवेशन यही जेठ २३ गतेबाट सुरु भएको हो । जिल्ला अधिवेशन सकाएर जेठ २६ गते अर्थात, भोलिदेखि सात प्रदेशको अधिवेशन सुरु गर्ने तालिका रहेको छ ।

Skip This

Omoda E5 Pro