कांग्रेसको संस्थापन इतर समूहका युवाहरूले ‘बृहत् युवा भेला’ गर्दै

AI Image

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ‘बृहत् युवा भेला’ गर्ने भएका छन्।

युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न इतर समूहका युवाहरूले जेठ ३० गते युवा भेला गर्ने तयारी छ ।

नवदुर्गा पार्टी भेन्यु सुकेधारामा हुने भेलाका लागि ५ एजेन्डा तय गरिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति र भ्रातृ संस्था तदर्थ कार्यसमिति खारेजीका साथै क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य, आगामी भदौभित्र महाधिवेशन र पार्टीमा युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने एजेन्डा तय गरिएको शाहीले बताए।

भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट युवाहरूको सहभागिता हुनेछ।

Skip This

Omoda E5 Pro