काठमाडौं । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ ।
संसद्को कार्यव्यवस्थाको हलमा बसिरहेको बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै दलका नेता र प्रमुख सचेतकहरू सहभागी छन् ।
गत जेठ १७ गते सांसदहरुले सोधेको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री बालेन शाहले दिएको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आइरहेका छन् । यही गतिरोध अन्त्य गर्नका लागि रास्वपा सभापतिले सर्वदलिय बैठकको आह्वान गरिएको हो ।
बैठकममा सहभागि एक नेताका अनुसार विपक्षीले प्रधानमन्त्री आउन नसक्ने कारण बताएर उनको हस्ताक्षर भएको लिखित जवाफ जुनसुकै मन्त्रीले पढे पनि हुने भन्ने प्रस्तव अघि सारेका छन् भने उक्त प्रस्तावलाई रास्वपाले मानेको छैन। बैठकमा रास्वपाका सभापति लामिछानेले भने त्यो प्रस्ताव अस्वीकार गर्दै परराष्ट्रमन्त्रीले आफ्नो तरिकाले बोल्ने बताए ।
बैठकका छलफल चलिरहेको छ ।



प्रतिक्रिया