काठमाडौं । लुम्बिनी प्रदेशका ११ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका ११ वटा जिल्लामा रास्वपाको जिल्ला हाक्ने जिला सभापति सहितको समिती निर्वाचन मार्फत चयन भएका छन्।
रास्वपा लुम्बिनी प्रदेशका सभापति देवराज पाठकका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा अधिवेशन सम्पन्न भएको हो ।
उनका अनुसार रुकुम पूर्वमा वडा तहमा समिति विस्तारका लागि आवश्यक संख्या नपुगेकाले त्यहाँ अधिवेशन हुने सकेको छैन ।
लुम्बिनी प्रदेशका ११ वटा जिल्लामा नँया सभापति कुन जिल्लामा को ?
बर्दियामा -शान्ता बुढा क्षेत्री
अर्घाखाँचीमा- सीता पराजुली
रुपन्देहीमा -महेन्द्र उपाध्याय
बाँकेमा -विवेककुमार श्रेष्ठ
नवलपरासी -पश्चिममा रवि पाण्डेय
गुल्मीमा- हरि श्रेष्ठ
रोल्पामा -बालाराम थापा
पाल्पामा -विष्णुप्रसाद भण्डारी
दाङमा- किरण खनाल
कपिलवस्तुमा- शिवकुमार सुवेदी
प्युठानमा- विकास पोखरेल




प्रतिक्रिया