सभामुख र विपक्षी दलका नेताहरू छलफलमा


काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि सभामुख डोलप्रसाद अर्याल (डिपी) विपक्षी दलहरूसँग संवादमा जुटेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा विपक्षी दलका नेताहरूसँग सभामुख आफैँले संवाद गरेका हुन् ।

यसअघि विपक्षी दलहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संवाद गरेका थिए । लामिछानेसँगको छलफलमा विपक्षी दलका नेताहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले दिएको अभिव्यक्तिको लिखित रूपमा परराष्ट्रमन्त्रीले जवाफ दिए संसद्को अवरोध हटाउन आफूहरू तयार रहेको बताएका थिए । तर, रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीका तर्फबाट भन्दा पनि परराष्ट्रमन्त्रीले आफ्नै तरिकाले जवाफ दिने बताएका थिए ।

त्यसपछि विपक्षी दलहरू छुट्टै छलफलमा बसेका थिए ।

लगत्तै सभामुखसँग विपक्षी दलका नेताहरूको संवाद सुरु भएको हो । विपक्षी दलहरूले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर सदनमा विरोध गर्दै आइरहेको छ ।

Skip This

Omoda E5 Pro