काठमाडौँ, २७ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुले क्रोएशिया, स्वीटजरल्याण्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।



प्रतिक्रिया