काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै प्रश्न उठाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लामिछानेले सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।
‘‘दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनु भयो ? हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड छन् ,’ उनले भने ।



प्रतिक्रिया