काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद प्रमेश हमालले नेपालको सीमाका सन्दर्भमा पहिलो पटक विभाजित भएर संसद्मा छलफल चलेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘आज हामी यहाँ हाम्रो भूअखण्डता, हाम्रो सीमाका विषयमा छलफल गर्न बाध्य भएका छौं । छलफल गर्दा विभाजित भएर छलफल गर्न बाध्य भएका छौं,’ सांसद हमालले भने, ‘नेपाल र नेपालीहरू अहिलेसम्म कहिल्यै पनि नेपालको सीमा सन्दर्भमा, राष्ट्रियता, सार्वभौमिकताको सन्दर्भमा, स्वाभीमानको सन्दर्भमा विभाजित भएको थिएनौं,’उनले भने ।
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर राष्ट्र विरोधी, नेपालको भू अखण्डताको विरुद्धमा अभिव्यक्ति दिएकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।
संसदको अवरोध हटाए पनि प्रधानमन्त्रीको उपस्थितिको माग भने निरन्तर रहने उनले बताए । हमालले सभामुखमार्फत प्रधानमन्त्रीलाई रोस्टममा उभिएर जवाफ दिन रुलिङ गर्नसमेत आग्रह गरे ।



प्रतिक्रिया