काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणमा असहमति जनाएका छन् ।
उनले बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीहरूले स्पष्टीकरण दिनेकुरा विश्वमा कहीँ नभएको दाबी गरे ।
उनले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटि भएकाले उनी आफूले संसदमा आएर सच्याउनुपर्ने अडानलाई कायमै राखे ।
‘प्रधानमन्त्रीले अभिव्यक्तिबारे माननीय परराष्ट्रमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सायद यस्तो अवस्था देखियो तपाईँले इतिहास पल्टाएर हेरे हुन्छ । नेपालको इतिहास मात्रै होइन, विश्वकै इतिहास पल्टाउनुहोस् । तपाई हामी भन्दा पनि कलिला मान्छे प्रधानमन्त्री भएको देश पनि छ । तपाई हामी भन्दा क्षमतावान् प्रधानमन्त्री पनि विभिन्न देशमा भएका छन् । नेपालको राजनीतिक इतिहासमा मात्रै होइन, विश्वको राजनीतिक इतिहासमा पहिलो पटक यस्तो अवस्था देखिएको छ । जहाँ देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटि मन्त्रीहरूले सच्याउनुपर्ने परिस्थिति आयो ,’ उनले भने ।



प्रतिक्रिया