काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा देखिएका त्रुटि विधिसम्मत तरिकाले नै संशोधन गरेको बताएका छन् ।
आज लेखा समिति बैठकमा बोल्दै मन्त्री वाग्लेले कर्मचारीको तहबाट भएका मानवीय त्रुटिको जिम्मेवारी आफूले लिएको बताए ।
उजले सांसदहरुको हातमा परिसकेपछि विधेयकमा एउटा पूर्णबिराम र थोप्लो पनि थपघट नभएको प्रष्ट पारे ।
‘भन्सार दरको हकमा चाहिँ एउटा मात्रै चेन्ज गरिएको के हो भने, प्लास्टिक वा कपडाले बेरिएको सुटकेसलाई ३० प्रतिशत भन्सार लगाइरहेका रहेछौं । स्वाथ्यकर्मी साथीहरुबाट ज्यान जोगाउने भ्याक्सिन र रगत बोक्ने क्यारिअर पनि त्यही वर्गिकरणमा पर्दा अन्याय भयो भन्ने कुरा आयोउ । लाइफ सेभिङ मटेरियललाई छुट्याएर कम भन्सार लगाउँ भनेर साथीहरुले इमान्दारपूर्वक त्यसलाई निकाल्नुभयो । रगत र भ्याक्सिन बोक्ने क्यारिअरलाई १५ प्रतिशतमा झारियो । राजद्रोह त होइन त्यो । देशद्रोह त पक्कै होइन,’ उनले भने ‘निकाल्न त यता निकालियो, तर गल्तिले प्लास्टिकको क्याटेगोरी सिंगैलाई १५ प्रतिशतमा झारिएछ । त्यो गर्न खोजिएको त थिएन । त्यसैले १५ मा भारिएकालाई ३० नै बनाउँ भन्नेर सच्याइएको हो ।’



प्रतिक्रिया