पूर्व सांसद छिरिङ ल्हामु लामाले त्यागिन् नेकपा


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हामु लामाले पार्टी परित्याग गरेकी छन् ।

यसअघिको प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी छिरिङले विहीबार वक्तव्य जारी गर्दै पार्टी परित्याग गरेर स्वतन्त्र भएको घोषणा गरेकी छन् । आफूलाई पार्टीभित्रकै केही नेताले यस्तो निर्णय लिन बाध्य पारेको उनको भनाइ छ ।

‘मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ,’ वक्तव्यमा उनले उल्लेख गरेकी छन् ।

Skip This

Omoda E5 Pro